समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक

fast track

काठमाडौं, २३ मंसिर । नेपाली सेनाले समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी सुरूङ निर्माणको काम २०७८ जेठबाट सुरू हुने जनाएको छ। सेनाले सार्वजनिक गरेको कार्यतालिका अनुसार सुरूङ निर्माणको काम २०८१ वैशाखमा सकिनेछ।

जसमा जटिल मानिएको ठूला पुल निर्माण समेत पर्नेछन् । यस्ता पुलहरू १६ वटा रहेको सेनाले जनाएको छ ।

साना ठूला अन्य पुलहरू २०७७ को भदौमा सुरू गरेर २०८० को पुसमा सक्ने सेनाको लक्ष्य छ। यस्ता पुलहरू ७१ वटा छन्।

फास्ट ट्रयाकमा तीन ठाउँमा सुरूङ हुनेछ। महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ ।

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

सुरूङको काम सकिएलगत्तै फास्ट ट्रयाक निर्माणको काम पनि सकिने सेनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here