नर्सिङदेखि ईञ्जिनियरिङसम्म निःशुल्क पढाई,आवेदन फारम खुला(सूचनासहित)

काठमाडौं, २४ मंसिर । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि अवसर प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा व्यवस्था भए अनुसार प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी देशभरका विपन्न, दलित र मुस्लिम छात्रछात्राका लागि २८० जना प्रविधिक एसएलसी सरह र २८० जना डिप्लोमा/प्रमाणपत्र तहमा प्राविधिक शिक्षा प्रदान गर्न परीक्षार्थी छनोट गर्न लागेको हो।

प्राविधिक एसएलसी तहका लागि कुलिनरी आर्ट, भेटनरी जेटिए, ईञ्जिनियरिङ तहका लागि माग गरेको छ भने प्रमाणपत्र तहमा नर्सिङ, फार्मेसी, डिप्लोमा इन एग्रिकल्चरलगायत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here