रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड,कुन-कुन कम्पनी उष्कृष्ट?

काठमाडौं,२५ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । कार्यक्रमको आयोजनामा जगदम्बा स्टील तथा केस कन्स्ट्रक्शनको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।

१२औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु-याउने व्यक्ति, संघसंस्था तथा फर्म–कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको छ ।

बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रा. लि. ले हात पारेको छ । बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालिले जित्यो ।

नयाँबाटो निर्माण प्रालिले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् ।

डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रा. लि. उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइ एस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आशीर्वाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।
भूगोल अन्र्तगत हिमाल तर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण सघले अवार्ड हात पारेका छन् ।

उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए बापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरियो ।

अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छन् ।

नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंक ल्याउन सफल निर्माण व्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरियो ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्ट (शंकर गु्रप) को मुख्य प्रायोजनमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको आयोजनामा जगदम्बा स्टील तथा केस कन्स्ट्रक्शनको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।

संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित रिद्घी सिद्घी सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ । स्वचालित रोबोटिक गुणस्तर नियन्त्रण प्रणाली तथा लेजर सिल प्याकेजिङ जस्ता उत्कृष्ट प्रविधि सहित अत्याधुनिक पर्यावरण मैत्री सिमेन्ट रिद्घी सिद्घीले नेपाली बजारमा सिमेन्ट गुणस्तरको नयाँ मापदण्ड खडा गर्ने लक्ष्य बोकेको छ ।

त्यसैगरी, सन् १९९४ मा स्थापना भएको जगदम्बा स्टील प्रा.लि. ले नेपालको पहिलो अत्याधुनिक स्वचालित मिल तथा कम्प्युटर प्रविधियुक्त गुणस्तर नियन्त्रण ल्याब प्रयोगमा ल्याएको थियो । हाल १५०० मेट्रिक टन उत्पादन क्षमता सहित जगदम्बा स्टील नेपालकै सबैभन्दा ठूलो स्टील कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here