नारायणगढ-मुग्लिङ्ग सडक दैनिक चार घण्टा बन्द हुने

काठमाडौं, २५ मंसिर । नारायणघाट मुग्लिङ्ग सडक दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले दुई हप्ताको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुने सूचना जारी गरेको छ ।

पहिरो नियन्त्रणको कार्य गर्नको लागि मंसिर २७ गते शुक्रवारदेखि देखि दुई हप्ता बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म बन्द रहने सूचनामा जनाईएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो सडकखण्ड नेपालको सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक हो ।