जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, चार घाइते

काठमाडौं, २५ मंसिर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

बुधबार बिहान महाकाली नगरपालिका- २ मा रहेको मायापुरी सामुदायिक वनमा घासदाउरा गर्न गएको बेला हात्ती आक्रमणबाट ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।

सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद हात्तीको आक्रमणबाट घाईते भएका छन् । घाइतेलाई उपचारका लागि भारत लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here