साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं, २६ मंसिर । बैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । परदेशिने युवाहरुको संख्या बढ्दो छ । देशमा रहेको चरम बेरोजगारीबाट भाग्दै दिनहुँ युवाहरु विदेशिन्छन् । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको प्रमुख गन्तव्य बनेको छ, विदेश ।

नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

बैदेशिक रोजगारीमा जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । बैदेशिक रोजगारीमा जाने बेला सानातिना कुराहरुको वेवास्ता गर्दा कहिलेकाही ठुलो समस्या झेल्नुपर्ने हुन्छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएको, विदेशमै अलपत्र परेको, एक ठाउँ भनि जाँदा अर्कै ठाउँ परेको, भनेजस्तो तलब नपाएको जस्ता गुनासाहरु धेरै आउने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाई आफुले गर्ने काम, तलब र सुविधाका बारेमा समेत थाहा हुँदैन । जसले गर्दा उनीहरु ठगिने गरेका छन् ।

साउदी अरब नेपाली कामदारको लागि रोजगारीको केन्द्रविन्दु बन्दै छ । धेरै सम्भावना भएको र नेपालीहरु पनि धेरै संख्यामा जान रुचाउने देशमा साउदी अरब रहेको छ ।

जान सजिलो, अन्य देशहरुको तुलनामा कम खर्च, यसको लागि कुनै भाषा परिक्षा पनि पास गर्नु नपर्ने तथा सामान्य लेखपढ गर्न सक्ने मानिसहरु पनि जाने पाउने भएको कार साउदी जाने मानिसको संख्या वृद्धि भइरेहको छ ।

तर, यसरी विदेश जादाँ सम्बन्धीत विषयमा आवश्यक सामान्य जानकारीहरु पनि प्राप्त नहुँदा धेरै मानिसहरु समस्यामा पर्ने गरेको कुरा परराष्ट्र मन्त्रालयले प्रकाशन गरेको सूचनामा समावेश छ ।

परराष्ट्र मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार साउदी अरब जाने कामदारहरुमा साउदी अरब जानुभन्दा अघि त्यहाँको न्यूनतम् परिवेशका बारेमा सामान्य कुरा पनि जानकारी नभएको पाईएको छ ।

त्यहाँको हावापानी, भाषा, भूगोल, प्रतिवद्धता आदीको बारेमा सामान्य जानकारी नहुँदा पनि नेपाली कामदारहरु समस्यामा परेको कुरा पनि सूचनामा रहेको छ । यसका साथै, रोजगारीमा जानुभन्दा अघि नै दलालबाट पनि ठगीने गरको कुरा पनि परराष्ट्रले बताएको छ ।

साउदी अरब जानुअघि यी कुरामा ध्यान दिनुहोस्

परराष्ट्रले प्रकाशन गरेको सूचना अनुसार साउदी जानुअघि सबैभन्दा पहिले आफू कुन कामको लागि जान लागेको हो त्यसमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ ।

— विदेशमा आफूले गर्ने कामको छनोट ।

— सम्बन्धीत कामको लागि आवश्यक सिप छ वा छैन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने ।

— त्यहाँको हावापानी, भाषा, भूगोल र काम लगाउने मालिकहरुको विषयमा पनि आवश्यक जानकारी लिने ।

— साउदीमा सम्बन्धी कामको लागि के कति खर्च लाग्छ यसको पहिले नै जानकारी लिनुहोस्, यस्तो गर्दा दलालबाट ठगीने सम्भावना कम हुन्छ ।

— जाने निर्णय गरेसंगै राम्रो र विश्वासिलो मेनपावर कम्पनीको छनोट गर्नुहोस् । कुनैपनि शिर्षकमा रकम बुझाउनु भन्दा पहिले कागजपत्र बनाएर मात्रै कारोबार गर्नुहोस् । यस्तो गर्दा मेनपावर राम्रो नपरेपनि आफू कानुनी रुपमा बलियो भइन्छ ।

— वर्किङ भिषा बाहेक अन्य भिषाहरु (भिजिट भिषा, हज-उमरा भिषा, फ्रि वर्क-आजजाद भिषा) बाट काम गर्ने भनेर जानु हुँदैन् । भिजिट भिषामा गएर धेरै मानिसहरु अलपत्र बनेका छन् ।

— यसका साथै साउदी अबरमा कामदारको रुपमा जादाँ सेवा शुल्क मार्फत न्यूनतम् लागत ( भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकाले) मात्रै लाग्छ । बढी रकम कसैलाई नदिनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here