मानव र वन्यजन्तुबीच द्वन्द्व रोक्न ठूलो रकम खर्च, उपलब्धि न्यून

पप्पु गुरुङ दोधारा,३० मंसिर । छिप्पिदो साँझ । हातमा टर्चलाइट र लौरो लिएर घरवरीपरी घुम्छन् बडवाल टोलका करनपाल नेपाली । खुट्टामा गमबुट ।

साँझको खाना खाने बित्तिकै उनलाई हतार हुन्छ, घर नजिक हात्ती आउछ कि भनेर । उनि रातीको समयमा सानो आवाज सुन्यो कि होहल्ला गर्दै जान्छन् ।

उनको रात यसरी नै कट्छ, अचेल पनि । घर नजिक भारतिय जंगलमा वन्यजन्तुको आवाजले उनि मात्रै हैन, माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलबासी त्रसित छन् ।

भारत संग जोडिएका माहाकाली नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास छाएको छ । माहाकाली नगरपालिकाका भारत संग जोडिएका सिमा बस्तीहरुमा केही मानिस माथी आक्रमण गर्ने खुनी हात्ती घुम्दै आएका खबर छ ।

माहाकाली नगर क्षेत्रमा बिगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्धन्द्ध सुरु भईरहेको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, माहाकाली नगरपालिका संग जोडिएको नगरपालिका हो ।

बिगतमा माहाकाली नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ ।

२०५५ सालमा माहाकाली नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए ।

मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् । स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुस्खी छन् ।

स्थानीय खडक रावल भन्छन् ‘जंगली हात्तीको आक्रमण त्रास बढ्दै गएको छ् । माहाकाली नगरपालिकाको वडा नं. १, २, ३, ५, ७, १० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलसँग जाडिएको बस्ती जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने बाध्य भएका छन् ।

‘अरु काम छाडेर कसरी बाँच्ने भन्ने उपाय खोज्नु परेको छ्’ माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानिय लक्ष्मी राना भन्छन् । सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ ।

जंगली जनावर नियन्त्रणका लागि तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तरमा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कार्यक्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुँदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ ।

निकुञ्जले माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि हात्ती लगाएतका जंगली जनावारहरु गाँउ बस्तीमा बस्ने क्रम बढेको हो ।

बिद्युतीय तारवार नभएर प्रभावहिन बनेका माहाकाली नगरपालिकाका भारतसंग सिमा जोडिएका बस्तीहरु जंगली हात्तीको आतंक बढेपछि स्थानीयहरु नराम्रो संग प्रभावित बन्दै आएका हुन् ।

भारतिय जंगलबाट बडवाल टोल नजिक क्षेत्र हुँदै माहाकाली नगरपालिका वडा नं. २ स्थित रहेको मायापुरी मध्यवर्ती सामुदायिक बन क्षेत्रमा केही दिन अघि मात्र हात्तीले दुई जनाको ज्यान लिनुको साथै चार जना घाईते बनाएको थियो ।

स्थानिय अनुसार मायापुरी मध्यवर्ती सामुदायिक बनमा घट्नाको दिन देखी लगातार माहाकाली नगरपालिकाको भारतसँग जोडिएको सीमा बस्ती तथा सामुदायिक बनमा खुनी हात्ती देखा पर्दै आएको बताउँछन् ।

रातीको समयमा उक्त खुनी हात्ती देखा पर्न थालेपछि स्थानियहरु रातीको समयमा हिड्न समेत डर मान्न थालेका छन् । हात्तीले आतंक मच्चाउन थालेपछि माहाकाली नगरपालिकाको वडा नं. १, २ र ३ भारत संग सिमा जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा बढाएको छ ।

रातीको समयमा हात्तीको आतंकलाई रोक्न राती सम्म पैदल गस्ती समेत बढाएको माहाकालीका सुरक्षा अधिकारीले बताएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोली बनाएर रातीको समयमा मायापुरी मध्यवर्ती सामुदायिक बन, गौरी शंकर मध्यवर्ती सामुदायिक बन तथा बडवाल टोलका आसपास बस्तीमा गस्ती बढाईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ ।

‘रातीमा समयमा जंगली हात्ती बस्तीमा पस्ने सम्भावित क्षेत्रमा गस्ती बढाएका छौं’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह धामीले बताएका छन् ।

प्रहरीले बस्तीमा जंगली हात्ती देखा पर्ना साथ खबर गर्न समेत सबैमा आग्रह गरेको छ । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले हात्ती प्रभावित बस्तीमा चाडै सायर र टर्च लाईट बितरण गर्नै कार्यक्रम रहेको बताएका छन् ।

हात्तीको आतंक रोक्न प्रदेश सरकार, संघिय सरकार र निकुञ्ज कार्यालयमा पत्राचार गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here