डिजेल र मट्टितेलको मूल्य बढ्यो,लिटरको कति ?

काठमाडौं, १ पुस । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुुसार मंगलबार राती १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य बढाएको हो ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्यको खुद्राबिक्री मूल्य भने यथावत नै रहेको निगमले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

यो सँगै काठमाडौं, सुर्खेत र दिपायलमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ, भने पोखरा र दाङमा ९७ रुपैयाँ ५० पैसा तथा तराईमा ९६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here