वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि,रेमिट्यान्स वृद्धिदर भने घट्यो

काठमाडौं, ३ मंसिर । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेको छ । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ९.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या १०.३ प्रतिशतले घटेको थियो।

राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ५.६ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो सङ्ख्या ३९.४ प्रतिशतले घटेको थियो।

रोजगारीमा जाने नेपालीहरुको संख्या बढेपनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने घटेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिट्यान्स वृद्धिदर २.३ प्रतिशतले घटेको छ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो।

यस्तै अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि १.५ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्ष ०७५/७६ मा औपचारिक माध्यमबाट ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here