टेलिकमलाई उछिन्दै एनसेलले हात पार्‍यो बढाबढका आधारमा फ्रिक्वेन्सी

काठमाडौं, ३ पुस । नेपालमा पहिलो पटक भएको बढाबढकामा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले फ्रिक्‍वेन्सी हात पारेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको उक्त बोलकबोलमा आफ्नो प्रतिस्पर्धी नेपाल टेलिकमलाई उछिन्दै एनसेलले फ्रिक्‍वेन्सी हात पारेको हो।

काठमाडौंमा बुधबार सम्पन्न भएको बोलकबोलमा एनसेलले १८ सय मेगाहर्ज ब्यान्डको बाँकी फ्रिन्वन्सीको लागि प्रति (२x१) मेगाहर्ज फ्रिक्‍वेन्सीलाई ५ करोड ८० लाख कबोल गरेको थियो।

बोलकबोलको पहिलो राउन्डमा नेपाल टेलिकमले प्रति मेगाहर्ज ३ करोड ७० लाख ८० हजार रुपैयाँ दिने प्रस्ताव गरेको थियो। यसमा एनसेलले झण्डै २० लाख बढाउदै ३ करोड ९० लाख ६० हजार प्रस्ताव गरेको थियो।

यसपछि दूरसञ्चारले दोस्रो चरणका लागि आधार मूल्य ४ करोड १४ लाख निर्धारण गर्यो । उक्त मूल्यमा रहेर नेपाल टेलिकमले ४ करोड २० लाख कबोल गर्दा एनसेलले ४ करोड ३२ लाख कबोल गर्‍यो ।

अन्तिम राउन्डका लागि ४ करोड ५० लाख आधार मूल्य तोकिएको थियो । जसमा नेपाल टेलिकमले ५ करोड १ हजार कबोल गर्‍यो भने एनसेलले ५ करोड ८० लाख कबोल गर्‍यो र एनसेलले किन्यो ।

प्राधिकरणले यसअघि पनि पटक पटकको फ्रिन्वन्सी बढाबढ गर्ने प्रयासपछि गरेको थियो। निजीक्षेत्रको अर्को दूरसञ्चार कम्पनी सिजीले आफूले बोलकबोलमा भाग लिन नपाएको भन्दै उक्त प्रक्रिया रोक्न सर्वोच्च पुगको थियो।

सर्वोच्च अदालतले यसअघि प्रक्रिया रोक्न अन्तरिम आदेश दिने गरेको भए पनि पछिल्लो पटक भने उसले बोलकबोल रोकेको थिएन।

प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेका फ्रिक्वन्सी बढाबढ गर्न सूचना प्रकाशित गरेको थियो।

१८०० ब्यान्डमा अधिकतम २० मेगाहर्जसम्म सेवा प्रदायकलाई वितरण गर्न सकिनेछ। यस ब्यान्डमा एनसेलसँग अहिल नै ११ मेगाहजै रहेको छ। उसले अब ९ मेगाहर्जमात्र पाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here