नोकियाले भित्र्यायो नयाँ ‘नोकिया २.३’ स्मार्टफोन, मूल्य कति ?

काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले ‘नोकिया २.३’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।

नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रा. लि. सँग साझेदारी गरी उक्त मोबाइल फोन नेपालमा भित्र्याएको हाे ।

टेलिटक प्रा. लि. नेपालमा बिगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री तथा वितरण प्रबद्र्धन लागि प्रख्यात छ ।

नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एच डी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको बिशेषता रहेको छ ।

नोकिया २.३ मा एआई टेक्नोलोजी द्धारा संचालित डुअल क्यामरा छ जस्मा “रेकमेन्डेड सट” फीचर रहेको छ । ‘एन्ड्रोइड १०’ भएको नयाँ नोकिया २.३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टिड छ ।

डिजाइन

नोकिया २.३ मा हेलियो ए२२ क्वाड-कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जि बि र्याम र ३२ जि बि स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्धारा ५१२ जि बि सम्म बढाउन सकिन्छ ।

यो मोबाइलको डुयल क्यामेरामा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सूटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सर त्यस्तै गरी अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ ।

नोकिया २.३ को अन्तराष्ट्रिय मूल्य १०९ यूरो छ । जसको मूल्य नेपाली बजारमा ११ हजार ९९९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here