गुण्डागर्दीको आरोपमा दुई जना पक्राउ, गुन्डा नाइके रमेश’बाहुन’ समूहमा संलग्न

काठमाडौं, ६ पुस । प्रहरीले ‘गुण्डागर्दी’मा संलग्नताको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

जग्गा कारोबारका आवरणमा गुण्डागर्दी गर्ने नवलपरासीको देउचुली घर भई कोटेश्वर बस्दै आएका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध घर भई गोठाटार बस्दै आएका विष्णुबहादुर धिताल रहेका छ्न् ।

उनीहरु गुन्डागर्दी गर्ने, धम्क्याउने, फिरौती असुल्न संलग्न भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । राई ललितपुरका कांग्रेस नेता मिनकृष्ण महर्जनलाई गोली हानेको घटनामा यसअघि पनि पक्राउ परेका अभियुक्त हुन् ।

उनी रमेश बाहुन भनिने बाहुन डन (रमेश पौडेल) समूहमा संलग्न रहेको प्रहरीको भनाइ छ । त्यस्तै भक्तपुर क्षेत्रमा जग्गा कारोवारमा संलग्न धितात दावा लामा समूहका सदस्य हुन् ।

दावा लामा समूहका धितालले पनि पछिल्लो समय गिट्टी तथा बालुवासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई धम्क्याएर चंदा संकलन गर्ने गरेका थिए । प्रहरीले पक्राउ परेका दुवैजनाविरुद्ध आइतबार म्याद थप गरेर अनुसन्धान थाल्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here