जनमैत्री बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र

काठमाडौं, ७ मंसिर । काठमाडौंको कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमवार विश्वविद्यालय अनुदान आयोग भक्तपुरमा आयोजित एक समारोहका बिच जनमैत्रीसँगै ललितपुरको जन भावना क्याम्पस, बनेपाको काभ्रे बहुमुखी क्याम्पस र महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरिएको हो ।

अनुदान आयोगको क्यूएए विभागका अनुसार यी चार क्याम्पस बाहेक हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका ३६ शैक्षिक संस्थाले क्यूएए प्रमाणपत्र पाइसकेका छन् ।

नेपालमा हाल सामुदायिक र प्राइभेट गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here