उपत्यकामा पर्यटन आकर्षण योजना: ‘नाइट लाइफमा जोड, मठमन्दिरमा लाइटिङ’

काठमाडौं, ९ पुस । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलाई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यका भएको बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफलमा मन्त्री भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान दिनुपर्ने बताए ।

भ्रमण वर्षको लागि पर्यटन आकर्षण गर्न उत्पत्यकामा रात्रीकालिन जीवन (नाइट लाइफ) सञ्चालनको लागि विशेष जोडदिनु पर्ने,रात्रीकालिन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साझ ६- ७ बजे नै सुनसान हुने भन्दै उपत्यकाको नाइट लाइफ जिबन्त राख्न आग्रह गरे ।

‘राजधानी ६-७ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जिबन्त राखौ, मठमन्दिरलाइ लाइटिङ गरौ । राजधानीमा नाइट लाइफ नै छैन भन्दा पनि हुन्छ । यसरी पर्यटनको विकास हुँदैन । ‘

हामी नाइटलाइफ लाई प्रभावकारी पर्यटकिय उत्पादन बनाउनका लागि बिशेष जोड दिन्छौं । भक्तपुरबाट यो प्रक्रिया शुरु भइसकेको छ’, मन्त्री भट्टराईले भने ।

मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नर्या पर्यटकीय गन्तव्यको पहिचान गर्नु रहेको बताए।

छलफलमा नगरपालिकाका प्रमुखहरुले आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्नका लागि गरेका विकासहरुको विषयमा जानकारी गराएका छन्। काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य मुख्य पर्यटकीय शहरहरुमा गई प्रचार प्रसार गर्नुपर्ने बताए।

उनले २०२० मा नेपाल भ्रमण गर्न आउँदा २०१९ मा भन्दा पर्यटकले के फरक पाउँछन त्यसको विषयमा पनि स्पस्ट हुनुपर्ने बताए। ललितपुर माहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताए।

त्यसका लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासिक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here