एनआईसी एसिया बैंककाे ४५ औँ शाखारहित बैंकिङ सेवा अर्घाखाँचीमा

काठमाडौं १४ पुस । एनआईसी एसिया बैंकले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका(७, देउरालीमा ४५औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देउराली शाखारहित बैंकिङ सेवाको छत्रदेव गाउँपालिका-७, का वडाध्यक्ष शोभाखर पाण्डेले गएको शुक्रबार उद्घाटन गरे । कृष्ण प्रसाद पाण्डेलाई देउराली शाखारहित बैंकिङ सेवाको प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने बताइएको छ। यसबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भइ ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here