किन धेरै बाँच्छन् जापानी, जति उमेर ढल्कियो त्यती जोसिला

काठमाडौं । सबै मानिस धेरै वर्ष बाँच्न र सधैं जवान देखिन चाहन्छन् । तर, कसरी ? वैज्ञानिहरू यसैको खोजीमा छन् । जापानमा भने अबको ५ वर्षमा एकसय भन्दा धेरै वर्ष बाच्ने वृद्धवृद्धा १ लाख पुग्ने तथ्याङले देखाएको छ ।

यहाँका एक लाख मानिसमध्ये ६८ जना एक सय वर्षभन्दा बढी उमेरका हुन्छन् ।

गलत खानपान, प्रदुषण, स्वास्थ्यसम्बन्धी समस्या तथा अन्य प्रकारका समस्यै समस्या हुँदा पनि मानिसहरु एक वर्ष भन्दा धेरै बाँच्नु सामान्य कुरा होइन् । यहाँका मानिसहरुको औसत आयु नै लभभग एक वर्षको छ ।

तथ्याङअनुसार एक भन्दा धेरै वर्ष भएका सबैभन्दा धेरै मानिसहरु बस्ने देशमा जापान एक हो ।

विश्वका सबैभन्दा धेरै वृद्ध मानिस बस्ने जापानको ओकिनावामा वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । ओकिनावाका मानिसमा कार्बोहाइड्रेट र प्रोटिनको अनुपात १०ः१ हुन्छ । त्यसो भए के यहाँका मानिस लामो समयसम्म बाँच्नुको रहस्य यही हो त ?

अनुसन्धानकर्ता अहिले नै प्रोटिन छोडेर कार्बोहाइडे«ट खान भने हतार गर्न नहुने बताउँछन् । उनीहरूले आफ्नो अनुसन्धान भने यसैको नजिक रहेको भने स्वीकार गरेका छन् । कार्बोहाइड्रेटयुक्त खानेकुरा खानाले उमेर बढ्दै जाँदा लाग्ने रोगबाट बच्न सहयोग गर्ने उनीहरूले बताएका छन् ।

पूर्वी चीनसागरमा रहेको यो द्वीपमा एक सय वर्षभन्दा लामो आयु भएका मानिस बाँकी विश्वमा भन्दा धेरै छन् । जापानमा सय वर्ष भन्दा धेरै बाच्ने मानिसहरुमा एक पूर्व प्रधानमन्त्री पनि रहेका छन् । जसको नाम यासुहिरो नाकासोने हो ।

वैज्ञानिकहरू त्यहाँका मानिसले खाने कम क्यालोरीयुक्त खानामा नै लामो उमेरको राज लुकेको बताउँछन् । सन् १९३० देखि नै वैज्ञानिकहरू भने कम उमेर बनाउनका लागि क्यालोरी कम खान सुझाइरहेका छन् ।

विश्वभरका वैज्ञानिक लामो समयदेखि यसैको खोजीमा छन् । उनीहरूले कहिले खानाका कारण लामो उमेर रहेको निष्कर्ष निकाल्छन् त कहिले जीवनशैलीलाई मुख्य कारण मान्छन् । तर, पछिल्लो अध्ययन उनीहरूको खानपानमा केन्द्रित भएको छ ।

अध्ययनले ओकिनावाका मानिसले प्रोटिनको तुलनामा कार्बोहाइडेट धेरै खाने गरेको पाइएको छ । उनीहरूले सखरखण्ड धेरै खाने गरेका छन् । उनीहरूले क्यालोरीको मात्रा यहाँबाट प्राप्त गर्छन् । उमेर बढ्दै जाँदा लाग्ने कैयैं रोग यहाँका मानिसमा देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here