चिसोको कारण धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु

काठमाडौं, १४ पुस । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्ला धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको छ।

चिसोको कारण मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-२३ की ४४ वर्षीया सुनितादेवी कापडी रहेकी छिन् ।

त्यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको पनि चिसोको कारण मृत्यु भएको छ।

बारा र पर्सामा पनि परिचय नखुलेका अन्य दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

दुई सातादेखि तराईका अधिकांश जिल्लाहरुमा बाक्लो हुस्सु लागेको कारण घाम नलाग्दा चिसो अत्याधिक रुपमा बढेको छ ।

तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरु सबैभन्दा धेरै प्रभावित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here