शेयर बजारः नप्से साढे ५ अंकले बढ्दा ६२ करोडको कारोबार

काठमाडौं, १४ पुस । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । सोमवार नेप्से परिसूचक ५.५३ अंकले बढेर १ जार १ सय ६७.९५ अंकमा पुगेको छ ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने स्थिर नै देखियो । सेन्सेटिभ इन्डेक्स ०.०६ अंकले घटेर २ सय ५३.३३ अंकमा झरेको छ ।

सोमवार ट्रेडिङ, होटल, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बिमा र समुहिक लगानी कोष समुहको सूचक बढ्यो भने बैकिङ्ग, विकास बैंक, जलविद्युत र फाइनान्स समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक ४.४७ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको २.५८ प्रतिशत, ट्रेडिङ समुहको २.३२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक ०.५५ प्रतिशत घट्यो । अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार कारोबारमा भने निकै सुधार आएको छ । १ सय ७७ कम्पनीको ७ हजार ३८ करोबारबाट १४ लाख ९१ हजार ४४ कित्ता शेयर किनबेच हुँदा ६२ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै शिवम् सिमेन्ट कम्पनीका शेयर धनीले कमाए । शिवम् सिमेन्टको शेयर मूल्य ५.६७ प्रतिशत बढ्यो । त्यस्तै, स्वदेशि लघुवित्त वित्तीय संस्थाको ५.३० प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा माउण्टेन हाइड्रो नेपालका शेयर धनी छन् । माउण्डेन हाइड्रोको शेयर मूल्य ५.५५ प्रतिशत घट्यो । त्यस्तै, जोशी हाइड्रोपावर विकास कम्पनीको ४.७६ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । नेपाल लाइफले १० करोड ६ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here