कृषि मन्त्री भन्छन्ः निजीक्षेत्रले असल अभ्यास नगर्दा विकृति देखियो

काठमाडौं, १४ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषिको समस्या नसुल्झिकन मुलुक विकसित नहुने र विकास गर्न संभव समेत नहुने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपालमा कृषि क्षेत्रका व्यवशायीकरणमा निजी क्षेत्रको भूमिका’ अन्र्तक्रियामा बोल्दै मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरी कसरी रोजगारी सृजना गर्न सकिन्छ त्यसबारे निजी क्षेत्रको राय समेत माग गरे ।

निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले समाधानका लागि एकीकृत रुपमा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर त्यसलाई सम्बोधन गरिने बताए ।

कृषिलाई बढी रोजगारमूखी बनाउनुपर्ने उनको धारणा थियो ।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषि कर्जा सहज, सरल र सस्तो दरमा उपलब्ध हुनु पर्ने बताए । उनले विउविजन खरीद गर्न सुलभ र सहुलियतपूर्ण व्यवस्था गर्दै त्यसमा सरकारले अनुदान दिनु पर्ने बताए ।

कृषि उत्पादनमा भन्सार शुल्क वृद्धि हुँदा उपभोक्ता बढी मारमा पर्ने हुँदा नेपालमै कृषि वस्तु उत्पादन भएमा आयातित बस्तु प्रतिस्पर्धी हुन नसक्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here