एनसेलले बुझायो ४ अर्ब ५० करोड पुँजीगत लाभकर

काठमाडौं, १५ पुस । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बुझाएको छ । सरकारले १५ दिनभित्र कर तिर्न भन्दै पत्र पठाएको दशौँ दिनमा एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

सर्वोच्च अदालतको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

यसको ब्याज र हर्जानासहित २२ अर्ब ६८ करोड रुपैयाँ बुझाउनुपर्ने छ। मंगलवार रकम बुझाएसँगै एनसेलले बाँकी रकम तिर्न किस्ताबन्दीको सुविधा पनि मागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here