चितवनका एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन

काठमाडौं, १७ पुस । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि एसपी मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो ।

एसपी मल्लको पुस ४ गते नै सरुवा भए पनि उनले जिल्ला छोडेका छैनन्। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो। चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ।

तर, प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा हालिदिएपछि सार्वजनिक भएको छ ।

प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०४ रहेको पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो ।

मल्ल डिएसपी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट प्रहरीका रुपमा चिँनिदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here