राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रवक्ता बनेका छन् ।

अनुसन्धान विभाग प्रमुख भट्टलाई पुस १६ गतेदेखि प्रवक्ता बनाइएको हो । राष्ट्र बैंकका अनुसार अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भट्ट नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागका कार्यकारी निर्देशक हुन् ।

यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकाश बिदामा बसेका कारण भट्टले प्रवक्ताको जिम्मेवारी दिईएको बैंकले जनाएको छ । वि.सं. २०५७ मा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका उनका विभिन्न अनुसन्धान लगायतका प्रतिवेदनहरु समेत विभिन्न सञ्चार माध्यममा प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here