सिटिजन्स बैंकको एटीएममा मास्टरकार्ड सेवा

काठमाडौं, १८ पुस । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ ।
यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्ट्रो तथा साइरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् ।

नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्वित हुने विश्वास बैकले लिएको छ ।
बैंकले यस अघि नै भिसा तथा तथा यूनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

बैंकले ८५ शाखा, ८५ एटिएम र १०२ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवालगातका सेवा प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here