उखु किसानको आन्दोलनपछि अन्नपूर्ण चिनी मिलका साहुले तिरे ५० लाख

काठमाडौं, १८ पुस । उखु किसानको आन्दोलनपछि अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले विहीवार र शुक्रवार गरी उखु किसानको ५० लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

उखु किसानलाई ५० लाख दिएसंगै उनले भुक्तानी गरेको रकमको बारेमा उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयलाई जानकारी गराए ।

मन्त्रालयका अनुसार सञ्चालक अग्रवालले पुस २५ भित्र ५ करोड र माघको पहिलो सातामा १२ करोड तथा माघ भरीमा सम्पुर्ण रकम भुक्तानी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

अन्नपूर्ण चिनी मिलले मात्रै किसानको ४२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

आज मन्त्रालयमा किसान, उद्योगी र सरकारबीच वार्ता भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here