सरकार र उखु किसानबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, १८ पुस । आन्दोलनरत उखु किसान र सरकारबीच पाँचबुँदे सहमति भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोली र आन्दोलन पक्षका टोलीबीच रकम फिर्ता गराउनेबारे ५ बुँदे सम्झौता भएको हो । सहमतिसँगै उखु किसानको आन्दोलन पनि स्थगित छ ।

वार्तामा माघ ७ गतेभित्र किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले चिनी मिल सञ्चालकसँग समन्वय गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । सरकारसँग सहमति भएसँगै काठमाडौंबाट आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गर्दै घर फर्कने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here