मौसममा सुधार,फेरि हिउँ र पानी पार्ने वायुप्रणाली प्रवेश गर्दै

काठमाडौ,२० पुस । देशभरिकै मौसममा सुधार हुदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि उपत्यका सहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्नेछ ।

सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुने मौसम विभागले जनाएको छ । नयाँ मौसमी प्रणाली देखिएकाले मंगलवारदेखि देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले अझै केही दिनसम्म मौसम सफा नहुने महाशाखाले जानकारी दिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
आइतबार
दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार
दिउँसो : देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार

दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ |

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here