इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

काठमाडौं, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ५२ स्थान आफ्नो निशानामा रहेको बताएका छन् ।

ट्रम्पले ट्विटरमा मार्फत उक्त कुरा बताउँदै इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी हत्याको बदला लिन खोजे ती स्थानमा हमला गर्ने चेतावनी दिएका हुन् । ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि ती महत्त्वपूर्ण रहेको बताएका छन् ।

ट्रम्पले यो भनाई इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए ।

उनले यदी इरानले कुनै अमेरिकी जनता वा सम्पत्तीलाई हानी पुर्याउने कोशिस मात्रै गरेमा पनि त्यसको उत्तर छिटो र धेरै बलियो तरिकाले दिने बताएका छन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here