उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं, २१ पुस । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतीपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

महासंघ र सनराइज बैंकबीचको सहमतिअनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाईदा, कर्जासंग सम्बन्धित जानकारीमुलक कार्यक्रमका साथै महिलाहरूको उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

सहकार्यबाट महिला उद्यमशिलता विकासमा थप सहयोग पुग्नुका साथै यस्ता अभिमुखीकरण कार्यक्रमको माध्यमबाट महासंघसंग आवद्ध संघ÷संस्थाका उद्यमीहरू माझ बैंकिङ पहुँच पुग्ने विश्वास लिइएको महासंघले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा आयात तथा निर्यात व्यापारको वस्तुस्थितिका साथै सो वापत प्राप्त हुने अनुदान बारेमा पनि जानकारी गराइने छ ।

महासंघका अध्यक्ष राणाले सनराइज बैंक र महासंघबीचको सहकार्य महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्ने कार्यमा कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।

आर्थिक रूपमा महिला शसक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै उनले महासंघ र बैंकबीचको यो सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुर्‍याउने बताइन् ।

सनराइज बैंककी नायब प्रमुख कार्यकारी अधिकृत अधिकारीले महासंघसंगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताइन् । उनले केही वर्ष अघि पनि महासंघसंग यस्तै सहकार्य भएको स्मरण गर्दै उद्यमीहरूलाई बैंकले उपलव्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासंग सम्बन्धित जानकारी मुलक सूचनाहरूलाई लक्षित वर्गसम्म पुर्‍याई लाभान्वित बनाउनु नै कार्यक्रमको प्रमुख ध्येय भएको स्पष्ट पारिन् ।

कार्यक्रममा महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र महासंघका महानिर्देशक खतिवडाले सहमतीपत्रमा उल्लेख भएका वुंदाहरूलाई अक्षरशः पालना गरी बैंकिङ पहुंच पुग्न नसकेका ठाउ“का महिलाहरूको आर्थिक सशक्तिकरणमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए ।

सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अधिकारीले महासंघसंगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताईन् ।

उनले केही वर्ष अघि पनि महासंघसंग यस्तै सहकार्य भएको स्मरण गर्दै उद्यमीहरूलाई बैंकले उपलव्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासंग सम्बन्धित जानकारी मुलक सूचनाहरूलाई लक्षित वर्गसम्म पु¥याई लाभान्वित बनाउनु नै कार्यक्रमको प्रमुख ध्येय भएको स्पष्ट पारिन् । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here