अष्ट्रेलियामा भ्रमण वर्षको शुभारम्भ, र्‍यालीलाई कसैले नरोकेको भट्टराईको स्पष्टीकरण

काठमाडौं, २२ पुस । डढेलोप्रति सहनाभूती जनाउदै अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा वर्षको शुभारम्भ गरेका हुन् ।

सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रमको सुरुमै सहभागीहरुले डढेलोमा ज्यान गुमाएका अष्ट्रेलियनहरु प्रति सहानुभूती जनाउदै एक मिनेट मौन धारण गरेका थिए ।

कार्यक्रममा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो। मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

पर्यटनमन्त्री भट्टराई सहितको र्‍यालीलाई अष्ट्रेलियामा रोक लगाईएको समाचार सार्जजनिक भएपनि सिड्नीमा भ्रमण वर्षकै कार्यक्रममा नभई ओपेरा हाउसमा व्यवसायिक ब्यानरसहित जान सुरक्षाकर्मीले रोकिएको पाईएको छ ।

पछि, त्यहाँस्थित नेपाली दूतावासका अधिकारीले स्थानीय प्रशासन र न्यू साउथ वेल्स स्टेटका गर्भनरसँग समन्वय गरेर र्‍यालीसहितको कार्यक्रमलाई अगाडि बढाइएको जनाइएको छ ।

यसको बारेमा मन्त्री योगेश भट्टराई आफ्नो सामाजिक सञ्जाल मार्फत काल्पनिक र गलत समाचार भएको आधिकारिक धारण सार्वजनिक गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here