टाटा मोटर्सको ‘नाईट आउट’ योजना

काठमाडौं, २२ पुस । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा ‘नाईट आउट’ योजना ल्याएको छ ।

सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन गर्नेछ ।

उक्त योजना बिहान ६ बजेदखि ९ बजेसम्म हुने छ । सिप्रदी ट्रेडिङ्ग टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक हो ।

यस योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन गर्न पाउनेछन् ।

योजनामा सहभागी हुनेमध्ये एउटा भाग्यशाली जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्रदान गरिने छ ।

यस्तै, प्रत्येक टेस्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर उपलब्ध गराइने पनि सिप्रदीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here