माहाकाली नगरपालिकाद्धारा विपन्नलाई न्यानो कपडा वितरण

पप्पु गुरुङ

दोधारा, २३ पुस । माहाकाली नगरपालिकाले विपन्नलाई न्यानो कपडा वितरण गरेको छ ।

नगरपालिकाले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एक कार्यक्रम गर्दै विपन्नलाई नगर प्रमुख बिर बहादुर सुनारले कपडा हस्तान्तण गरेका हुन् ।

असहाय तथा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण कार्यक्रमका प्रमुख अतिथीमा माहाकाली नगरपालिकाका जेष्ठ नागरिक समाजका अध्यक्ष धिरज सिंंह खत्री रहेका थिए ।

विशिष्ठ अतिथीमा माहाकाली नगरपालिकाका नगर उपप्रमुख श्री चिनी ओझा गिरी रहेकी थिईन् । अन्य अथितीमा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापा क्षेत्री, महिला विकास शाखा माहाकालीका प्रमुख डम्मरा पन्त लगाएत जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here