‘आफ्नै पानीबाट उत्पादित विद्युतले खाना पकाउने प्रवन्ध सरकारले गर्छ’

पाँचथर, २४ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सवल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका छन् ।

गृहजिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ अध्याँरो मुक्त घोषणा कार्यक्रममा नेपाल आफ्नै पानीबाट उत्पादित विद्युतले खाना पकाउने तयारीमा परेको बताए ।

मुलुकका सबै क्षेत्रहरुलाई सवल र समयानुकुल बनाउन सकेमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाई छ ।

सरकारको प्रयासकै कारण विकास निर्माणका कार्यहरु तथा सेवा प्रवाहका क्षेत्रहरुमा परिवर्तन आएको मन्त्री नेम्वाङको दाबी छ । ‘सल्लाको दियालो बाल्नुपर्ने अवस्थाको अन्त्य भयो ।

अब विदेशबाट आयातीत ग्याँसबाट खाना पकाउनुपर्ने, दाउराबाट खाना पकाउनेपर्ने अवस्थाको पनि अन्त्य गर्छौ’, मन्त्री नेम्वाङले भने, ‘अब आफ्नै पानीबाट उत्पादित विद्युत चुला चौकामा पु¥याई त्यसैबाट खाना पकाउने प्रवन्ध सरकारले गर्छ ।’

मन्त्री नेम्वाङले देशका ४० वटा जिल्लामा पूर्ण विद्युतिकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here