चिसो मौसममा के नखाने ?

काठमाडौं । दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल,पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । पाचन प्रकृयाको लागि चिसो मौसम सबैभन्दा उत्तम मानिन्छ । यो समयमा आम्रो पाचन प्रणालीहरुले राम्रोसँग काम गर्छन् ।

तर, मानिसको स्वास्थ्य यो समयमा नै धेरै बिग्रने गरेको पाइन्छ । उसको मूख्य कारण हामीले आफ्नो खानपानमा ध्यान नदिनु हो । जाडो मौसममा हामीले निकै स्वाद मानरे खानेगरेको केही खानेकुराले नै हाम्रो स्वास्थ्यलाई नकारात्मक प्रभाव परिरहेको हुन्छ ।

जाडोमा के नखाने ?

गोलभेडा

चिसो मौसममा पनि हामी गोलभेडा निकै स्वाद मानि मानि खान्छौं । तर, यसले हाम्रो स्वास्थ्यलाई भने कुनै फाइदा पुर्याउदैन् । यस मौसमको गोलभेडामा स्वाद पनि मिठो हुँदैन् र भिटामीन पनि धेरै पाईँदैन् । त्यसकारण यो मौसममा गोलभेडाबाटै टाढा हुनुपर्छ ।

चकलेट, कुकीज

चकलेट र कुकीजको स्वाद त धेरै मिठो हुन्छ । तर, यसमा धेरै चिल्लो पदार्थ हुने कारण यस्तो खानेकुराबाट सकभर टाढै बस्नुपर्छ ।

रातो खुर्सानी

चिसोमा रुघा लागेको अवस्थामा खुर्सानी खानु राम्रो भनिएतापनि, रातो खुर्सानी खानु भने स्वास्थ्यको हिसावले राम्रो मानिदैन् । खानामा मरिच राखेर खानु राम्रो मानिन्छ ।

रातो मासु

चिसो मौसममा रातो मासु तथा अण्डा धेरै खानु राम्रो मानिदैन् । यी खानकुरामा धेरै मात्रामा प्रोटिन हुने कारण पाचन प्रकृयामा असर पर्न सक्छ । रातो मासु र अण्डाको सट्टामा माछा राम्रो मानिन्छ ।

बेमौसमी फलफुल

चिसो मौसममा बेमौसमी फलफुल खानु हाम्रो स्वास्थ्यको लागि राम्रो मानिदैन् । यस्तो फलफुल ताजा नहुने कारण हाम्रो स्वास्थ्यको लागि राम्रो मानिदैन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here