उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौ, २६ पुस । नेकपा सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यद्यपि सभामुखको नामबारे नेकपाभित्रको विवाद अझै सल्टिसकेको छैन। शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन् ।

ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका छन् । आइतबारको संसद बैठकअघि सभामुखको नाम टुंग्याउनुपर्ने दबाब नेकपालाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here