सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, २७ पुस । आइतवार सुनचाँदी दुवैको मूल्य बढ्यो । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ ।

शुक्रवार प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढ्यो ।

शुक्रवार प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्यो ।

शुक्रवार प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार प्रतितोला ५ रुपैयाँ बढ्दै ८ सय ९० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here