माहाकालीको सीमा क्षेत्रबाट ४० लाख बराबरको अवैध सामान बरामद

पप्पु गुरुङ्ग

दोधारा, २८ पुस । माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले करिव ४० लाख बराबर मूल्यको अबैध कपडा सहित महिन्द्रा ब्लोरो जिप बरामद गरेको छ् ।

सोमवार बिहान ५ बजे सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. १ नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा युके १८ सिए ४८९२ भारतिय नम्वर प्लेटको महिन्द्रा ब्लोरो जिपमा रहेको अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु फरार भएका बताईएको छ् । नेपालबाट भारत लग्न लागेको अवस्थामा सशस्त्र प्रहरीले उक्त कपडा सहित जिप बरामद गरेको बताईएको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारी अनुसार सुराकीको आधारमा अबैध सामान सहित जिप बरामद गरेको बताएका छन् ।

बिहान बरामद गरेको जिप सहित समान सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा राखिएको छ् । समाचार तयार पारुञ्जेल बरामद अबैध कपडा र भारतिय नम्वर प्लेटको जिपलाई भन्सार कार्यालय गड्डाचौकी लैजाने तयारी भइरहेको छ ।

सशस्त्र प्रहरीले यो पटक भने अझै सम्मको ठूलो परिणाममा अबैध समान बरामद गरेको बताईएको छ । माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्र भएको कारण भन्सार छली सिमा क्षेत्रमा समान ओसारपसार हुदै आएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा प्रहरी निरिक्षकको भण्डारी आएपछि सिमा क्षेत्रमा भन्सार छली अबैध समान ओसारपसार गर्ने ब्यापारीहरुमा कडाई गर्न थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here