कृषि विकास बैंक २ अर्ब नाफामा, कृषि क्षेत्रमा साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा

काठमाडौं, ६ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७६/ ०७७ कोे ६ महिनाको अवधिमा २ अर्ब ३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७४ करोड २० लाख रुपियाँ नाफा आर्जन गरेको थियो।

बैंकको ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले १ खर्ब २७ अर्ब १३ करोड ९६ लाख रुपियाँ निक्षेप संकलन भएको जानकारी दिए ।

उनका अनुसार बैंकका खाता संख्या ५२ हजार भन्दा बढी पुगेका छन् । सरकारले आव्हान गरेको ‘सबै नेपालीको बचत खाता’ खोलौ बैंक खाता अभियान अन्र्तगत बैंकले खाता संख्या ५२ हजारभन्दा पुगेको बैंकका पुगेको सीइओ उपाध्यायले बताए ।

कृषि विकास बैङ्कले कृषि क्षेत्रमा साढे ५ अर्ब भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार बैङ्कले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए ।

बैङ्कले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दति केन्द्र, हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् लगायतसँग सहकार्यमा त्यस्तो कर्जा प्रवाह गरेको जनाएको छ ।

चालू आवको दोस्रो त्रैमासमा आइपुग्दा बैंकको खराब कर्जा १० दशमलब ३१ प्रतिशत घटेको जनाएको छ। गत वर्षको सोही अवधिमा ४ अर्ब ७१ करोड ८८ लाख रुपियाँ रहेको खराब कर्जा चालू आवको सोही अवधिमा आईपुग्दा ४ अर्ब २३ करोड रुपियाँमात्रै रहेको छ।

एक वर्षको अवधिमा बैंकले करिब २५ सय जनालाई ५ अर्ब ५८ करोड रुपियाँ सहुलियतपूर्ण कृषि अनुदान दिएको बैंकले जनाएको छ।

बैंकले १ करोड रुपियाँभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून रहेको जनाएको छ भने १० लाख रुपियाँभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको जनाएको छ।

बैंकले आगामी ७ वर्षका लागि १० दशमलब ३५ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार रुपियाँका दरले २ अर्ब ५० करोड रुपियाँको २५ लाख कित्ता एडीबीएल–कृषि बैंक ऋणपत्र २०८२ निष्काशनको अन्तिम चरणमा रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here