दामनको रिसोर्टमा बसेका आठ भारतीय बेहोस भेटिए

काठमाडौं, ७ माघ । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा सुतेका आठ भारतीय नागरिक बेहोस भेटिएका छन् ।

मकवानपुरस्थित थाहा नगरपालिकाको सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा सोमबार राती दुई कोठा लिएर बसेका उनीहरु मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका हुन् ।

बेहोस भएका मध्ये चार पुरुष र चार जना महिला रहेका छन् । उनिहरुलाई उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

राती निकै चिसो बढेको र खाना खायर कोठमा ग्यास हिटर बालेर सुतेका उनीहरु सबै बेहोस भएका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको अनुमान रहेको छ ।

१५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here