विश्वका शक्तिशाली देशबाट भारत खस्कियो, कुन देश कति औं नम्बरमा ?

काठमाडौं, ८ माघ । विश्वका शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ । एस न्युज एण्ड वर्ल्ड रिपोर्टले आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा छिमेकी राष्ट्र भारत १४ औं स्थानमा परेको छ ।

विश्वका ८० देशको सार्वजनिक सूचीमा विश्वको प्रमुख अर्थतन्त्र र सैन्य शक्ति भएको देशको रुपमा अमेरिकालाई पहिलो नम्बरमा राखिएको छ ।

त्यस्तै दोश्रो नम्बरमा रसिया रहेको छ । गतबर्षपनि रसियालाई दोश्रो नम्बरमा नै राखिएको थियो । त्यस्तै चीन तेश्रो नम्बरमा रहको छ ।

गतबर्ष पनि तेश्रो नम्बरमा नै रहेको थियो । चौथो नम्बरमा जर्मनी रहेको छ भने पाँचौं नम्बरमा बेलायत रहेको छ । त्यस्तै छैठौं नम्बरमा फ्रान्स रहेको छ ।

सातौंमा जापान, आठौंमा इजरायल, नवौंमा साउन कोरिया र दशौंमा साउदी अरेबिया रहेको छ ।

त्यस्तै एघारौंमा युनाइटेड अरब इमिरेट्स, बाह्रौंमा क्यानडा, तेह्रौंमा स्वीट्जरल्याण्ड, चौथौंमा भारत, पन्ध्रौंमा अष्ट्रेलिया रहेको छ । सोहा्रैमा टर्की, सत्रौंमा इटली, अठारौंमा कतार, उन्नाइसौंमा स्पेन, बिसौंमा स्वीडेन रहेको छ ।

नेदरल्याण्ड सुचीमा २१ नम्बरमा रहेको छ । २२ मा सिंगापुर, २३ मा नर्वे, २४ मा ब्राजिल र २५ मा इजिप्ट रहेको छ । विश्वमा मिसाइल क्षमताको हिसाबले तुलना गर्ने हो भने पाँच वटा देशहरु त निकै शक्तिशाली छन् ।

तिनीहरुले आफ्नो देशबाट संसारको जुनसुकै कुनामा पनि मिसाइल हानेर विध्वंश मच्चाउने क्षमता भएका छन् ्र रुस, अमेरिका, चीन, बेलायत र फ्रान्स यी देश विश्वका निकै शक्तिशाली राष्ट्रहरुमा पर्दछन् ।

देश पछि सबैभन्दा ठूलो मिसाइल क्षमता भएको देश उत्तर कोरिया पर्ने गरेको छ । अमेरिलाई समेत चुनौती दिने हिसाबले उत्तर कोरियाले यस्ता गतिविधि र प्रविधिको विकास गरिसकेको छ ।

सन् १९० मा ७४५ माइलसम्म मात्रै मारक क्षमता रहेको उत्तर कोरियाले अहिले ८ हजार माइलसम्म प्रहार गर्न सक्ने भएको छ ।

उत्तर कोरियाले आफ्नो प्रमुख सत्रु मान्दै आएको देश अमेरिकासम्म क्षेप्यास्त्र हान्न सक्ने क्षमता छ । यो देशले आफ्नो मिसाइलको मारक क्षमता मात्रै हैन, सही निशाना लगाउने क्षमतामा पनि विकास गरिसकेको छ ।

त्यस्तै अमेरिकाको सहयोग रहेको दक्षिण कोरिया पनि क्षेप्यास्त्र क्षमतामा बलियो छ ।

दक्षिण कोरियाले उत्तर कोरियाको जुनसुकै क्षेत्रमा पनि मिसाइल प्रहार गर्न सक्छ । त्यसपछि इजरायल, भारत, सउदी अरेबिया, इरान, पाकिस्तानको मिसाइल क्षमता पनि राम्रै छ ।
्र
अमेरिकाको समर्थन रहेको इजरायल र सउदी अरेबियाले सन् १९९० को दशकदेखि नै इरानमा समेत मिसाइल प्रहार गर्ने क्षमता राख्दै आएका छन् ।

तर इरानले पनि आफ्नो मिसाइल क्षमता निकै शक्तिशालि बनाएको छ । इरानलाई मिसाइल प्रविधिमा उत्तर कोरियाले सहयोग गरेको भन्ने गरिन्छ

त्यस्तै भारतले पनि पाकिस्तान र चीनको ठूलो भूभागमा मिसाइल प्रहार गर्न सक्ने क्षमता बनाइ सकेको छ । भारतले रुसको सहयोगमा आफ्नो मिसाइल क्षमता बढाएको छ भने पाकिस्तानले पनि आफ्नो शक्ति बढाएको छ । पाक्स्तानलाई चिनको सहायोग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here