ललितपुर प्याट्रिओट्सले श्रीलंकाका पूर्वकप्तान थरंगालाई भित्रायो

काठमाडौं, १३ माघ । श्रीलंकाली खेलाडी उपल थरंगाले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् ।

आगामी मार्च १४ देखि कीर्तिपुर मैदान हुने लिगका लागि ललितपुरले श्रीलंकाका लागि एकदिवसीय र टी–२० टिमको कप्तानी गरिसकेका थरंगालाई सम्झौता गरेको हो।

देब्रे हाते ओपनिङ ब्याट्सम्यान थाराङ्गा विकेटकिपिङ पनि गर्छन्। ३४ वर्षीया थरंगाले श्रीलंकाका लागि २१ एकदिवसीय र ६ टी–२० खेलमा कप्तानी गरेका थिए। थाराङ्गाले श्रीलंकाका लागि २३५ एकदिवसीय, ३१ टेस्ट र २६ टी-२० खेल खेलेका छन्।

उनले एकदिवसीय खेलमा १५ शतक र टेस्टमा ३ शतक प्रहार गरेका छन्। ललितपुरको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here