सुजुकी कारको मूल्य बढ्यो, नेपालमा के होला ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारूती सुजुकी इन्डियाले कारको मूल्य बढाएको छ । कम्पनीले कारको मूल्य ४.७ प्रतिशत बढाएको हो । कारको वृद्धि भएको मूल्य जनवरी २७ तारिखबाट लागु भएको हो ।

यसकारण बढ्यो कारको मूल्य

कम्पनीका अनुसार कारको मूल्य बढ्नुको मूख्य कारण इनपुट कस्टमा वृद्धि हुनु रहेको छ । यही कारण बताउदै कार कम्पनीहरुले हरेक वर्ष कारको मुल्य बढाउदै आएका छन् । यसको मूख्य असर ग्राहकहरुलाई पर्दै आएको छ ।

प्रत्यक्ष असर नेपालमा पनि

अन्तराष्ट्रिय बजारमा कारको मुल्य बढेसँगै यसको प्रत्यक्ष असर नेपालमा पनि गर्नेछ । नेपालमा पनि चार पाँग्रे सवारीमा सुजुकी सबैभन्दा बढी बजार हिस्सा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here