प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

काठमाडौं । गुल्मी चेम्वर अफ कमर्सको आयोजनामा तम्घासमा प्रथम गुल्मी सांस्कृतिक पर्यटन महोत्सव सुरु भएको छ ।

चैत २० गतेदेखि ३० गतेसम्म चल्ने महोत्सवको उद्घाटन रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरे ।

मेयर भुसालले गुल्मीमा आर्थिक समृद्धिका बिभिन्न संभावना भएता पनि त्यसको उपयोग गर्न नसकिएको बताए ।

त्यस्तै, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा पहिलो पटक कफी खेती गरेर गुल्मीले सबैलाई प्रेरणा दिएको बताउदै गुल्मीको पर्यटन प्रवद्र्धनको लागि नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तत्पर रहेको बताए ।

उद्घाटन समारोहमा सराय नाच लगायत गुल्मेली कलाकारहरु बाट सांस्कृतिक झांकी प्रस्तुतगर्दै नगर परिक्रमा गरिएको थियो ।

महोत्सवमा २३० वटा स्टलहरु राखिएका छन् भने प्रवेशको लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिकलाई भने निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

विद्यार्थी, अपांगता भएका व्यक्तिहरु र एकल महिलाको लागि ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने छ भने विभिन्न कलाकारहरुले प्रस्तुती दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here