शनिवार काठमाडौंका यी स्थानमा ९ घण्टा बत्ती नहुने

काठमाडौं, १७ माघ । शनिवार काठमाडौको केही स्थानमा ९ घण्टा बत्ती नहुने बताईएको छ ।

शनिवार चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएसंगै महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने पनि प्राधिकरणको सूचनामा भनिएको छ ।