१५ % बालबालिका अनलाइन शोषणको शिकार, ६० देशमध्ये नेपाल ३९औं स्थानमा

काठमाडौं, १८ माघ । बाल यौन शोषण र दुर्व्यवहारलाई लिएर ‘आउट अफ द स्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६.४ अंक प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ ।

विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ईसीपीएटी, बालअधिकारका लागि नेपालमा पैरवी गर्दै आएको संस्था सिविन, महिला बेचबिखन रोकथाममा क्रियाशील संस्था माइती नेपाल र शक्ति समूहले सो प्रतिवेदनमा छलफल गरेका हुन् ।

बाल यौन शोषण र दुर्व्यवहारसम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रण प्रयासमा अवरोध गर्नेलाई कडा कानुनी कारबाही हुनुपर्ने आवश्यकता औँल्याउँदै बालबालिका ओसारपसार र अनलाइन दुर्व्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको बताएका छन् ।

मोबाइलको पहुँच १०० प्रतिशत भन्दा अधिक र इन्टरनेटको पहुँच ६३ प्रतिशत रहेको अवस्थामा नेपाल सरकारको विद्युतीय कानुन २०१९ ले जनाए अनुसार नेपालले विद्युतीय सेवा अनुसरण गर्नमा तीब्र सफलता हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय दुरसंचार यूनियनबाट उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार, सन् २०१८ मा देशमा प्रत्येक १०० जनाका लागि करिब १३९.४५ मोबाइल फोन ग्राहक बनेको अवस्था थियो ।

इसीपीएटी लक्जुम्बर्ग र भ्वाइस अफ नेपालले सन् २०१७ मा ५–१२ वर्षका ४५२ बालबालिकाबीच (२१२ बालिका र २४० बालक) काठमाडौंमा सम्पन्न गरेको सर्भेक्षणले ७५% सहभागीहरु समक्ष संभावित अनलाइन शोषणबाट आफूलाई सुरक्षित राख्न पर्याप्त सुचना उपलब्ध नभएको अवस्था देखिएको थियो ।

सर्भेक्षणमा करिव १५% बालबालिकाले अनलाइन शोषणको अनुभव सुनाएका थिए । शोषण अनुभवबारे बताउनेमा ४७% बालक र ५३% बालिका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here