कसरी बनाउने गाजर र सुजीको स्वादिलो हलुवा ?

काठमाडौं । सुजी तपाईँ हामीले सबैले सुनेको शब्द हो । सुजी एक यस्तो खाद्य पदार्थ हो जसको प्रयोग हामीले आफ्नो नियमित खानपानमा समावेश गराउन सक्छौँ ।

सुजीको प्रयोग हामीले खाजामा हलुवा, सुजीको तरकारी, उपमा जस्ता परिकारको रुपमा गर्न सक्छौँ । गहुँले बनेको सुजीमा अनेक पौष्टिक गुण हुन्छन्, जसले हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ ।

सामग्री
२८० ग्राम घिउ
२०० ग्राम सुजी
३० ग्राम चिनी
एक चम्चा अलैंचीको धूलो
एक लिटर तातो पानी
बदाम (सजाउनका लागि)
विधि
सबभन्दा पहिले कराहीमा घिउ तताउनुस् । अब यसमा सुजी हालेर मज्जाले भुट्नुस् ।
हल्का खैरो नहुन्जेल भुटिरहनुस् ।

त्यसमा चिनी हालेर फेरि मज्जाले भुट्नुस् ।

अब यसमा अलैंचीको धूलो हालेर मिसाउनुस् । अब त्यसमा तातो पानी हाल्नुस् र हल्लाइरहनुस् । गाढा भएपछि आगो निभाउनुस् ।
कचौरामा हलुवा हालेर माथिबाट बदामले गार्निश गर्नुस् ।

गाजरको हलुवा

गाजरको हलुवालाई मिष्ठान्न परिकारको रुपमा लिईन्छ । गाजरको हलुवा स्वादिलो हुनुको साथै पोषिलो समेत हुन्छ । यो परिकार बनाउने विधि एकदमै सजिलो छ

गाजरको हलुवा बनाउने बिधि
आवश्यक सामाग्रिहरु

गाजर २०० ग्राम
काजु, नरिवल १ ठूलो चम्चा
किसमिस १ सानो चम्चा
बटर र घयू २,३ ठुलो चम्चा
तेजपान १,२ पात
चिनी १ ठूलो चम्चा

बनाउने तरिका

गाजरलाई मसिनो पारेर कोरेसोमा कोरने र कोरिसकेपछि पानीमा राखेर उमाल्ने ।

गाजर राम्ररी पाकेपछि एउटा कपडामा राखेर पानी छान्ने ।

दुधलाई बाक्लो हुने गरि उमाल्ने अनि चिनी राखेर दुधलाई बाक्लो बनाउँने ।

आवश्यक मसला र गाँजर सबैलाई भुटेर दुधमा हाल्ने अनि राम्रोसँग चलाउने ।

लेदो बनेर जमेपछि आँचबाट उतार्ने । गाँजरको हलुवा तयार भयो ।

सर्व गर्दा गाँजरको हलुवा माथी नरिवलको धुलो, सुकमेलको धुलो, बदामको धुलो अलिअलि छर्कने जसले गर्दा राम्रो दखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here