नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको सभापतिमा मल्ल

पप्पु गुरुङ्ग, दोधारा, १८ माघ । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको सभापति पदमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेसन राजेन्द्र मल्ल निर्वाचित भएका हुन् ।

माहाकाली नगरपालिका वडा नं. ७ मा रहेको सयुक्त वडा कार्यालयमा संचालन भएको उपशाखाको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेसनका प्रमुख अतिथी माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए ।

उपशाखाका सभापति धन बहादुर शाहीको सभापतित्वमा संचालन भएको साधारण सभाका उद्धघाटन सत्र कार्यक्रमका बिशिष्ठ अतिथीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापती नर बहादुर राना रहेका थिए ।

अतिथीमा तत्कालिन दोधारा गाबिस कार्यालयका अध्यक्ष बेल बहादुर राना, नेपाली काग्रेंस नगर कार्य समिति माहाकालीका नगर सभापती डम्मर चन्द, नेकपा माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, माहाकाली नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया, वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम क्षेत्री, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, सातँैं अबिधेसनका निर्वाचन अधिकृत मनोज उप्रेती, निर्वाचन सहायक अधिकृत नरेन्द्र देब जोशी, लगाएत रेडक्रसकर्मीको उपस्थित रहेको थिए ।

कार्यक्रममा रेडक्रसको बिभन्न कार्यमा सहयोग पु¥याउने ब्यक्तीहरुलाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिएको छ् । निर्वाचनको मतगणनामा उपसभापतीमा शोनी क्षेत्री, सचिवमा मोहन सुनार, कोषाध्यक्षमा हरी प्रसाद बराल निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा दधी रावत, कमला देबी उपाध्याय्, मान बहादुुर टेलर, शान्तीमाया सुनुवार निर्वाचित भएको अतिथीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति नर बहादुर रानाले जानकारी दिएका छन् ।

सह–सचिवमा भिमा देबी थापा क्षेत्री र महिला सदस्यमा शोभा देबी थापा पुनलाई निर्बिरोध चयन भएका बताईएको छ् । नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र तथा कार्यकालको सफलताको शुभकामना समेत प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । साधारण सभा तथा सातौ अबिधेसनले नया“ नेतृत्व चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here