एयरपोर्टको पर्खाल भत्काएर छिरेका युवा जब धावनमार्गमा सुते..

भोपाल । भारतको भोपाल एयरपोर्टमा आइतबार भएको एक घटनाले यस विमानस्थलको सुरक्षा सयन्त्रमा गम्भीर प्रश्न उठेको छ ।

विमानस्थलको पर्खाल भत्काएर भित्र छिरेका एक युवा जहाज उड्नका लागि दौडने धावनमार्गमा गएर सुतेका छन् ।

यद्दपी पाइलटले बेलैमा उनलाई देखेका कारण दूर्घटना भने हुन पाएन । भारतीय संचारमाध्यमहरुका अनुसार धावनमार्गमा जाने क्रममा उनीले विमानस्थलमा ढुंगामुडा समेत गरेका थिए । त्यसले केही हेलिकोप्टरका सीसा फूटको छन् ।

जब उनी धावनमार्गमा पुगे, त्यसबेला स्पाइसजेटको एक जहाज भोपालबाट दिल्लीका लागि उडान भर्ने तयारीमा थियो ।

पाइलटले धावनमार्गमा मानिसलाई देखेपछि जहाज अगाडी बढाएनन् । तत्काल उनले सुरक्षा अधिकारीलाई खबर गरे र युवकलाई पक्राउ गरियो । समाचार अनुसार युवकको योगेश त्रिपाठी हो ।

उनी स्थानीय अरेरा कोलोनीमा बस्छन् । युवकले साँझ ५ बजे एयरपोर्टको पर्खाल भत्काएर भित्र छिरेका थिए । उनको यस हर्कतले विमानस्थलको सेवा केही बेर अवरुद्ध हुँदा सयौं यात्रुले दुख पाउनु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here