कोरोना संक्रमण भएपछि मानिसको शरीरमा के हुन्छ, ज्यान नै गुमाउने जोखिम कति ?

काठमाडौं, २० माघ । डिसेम्बरको दोस्रो हप्तादेखि चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपले महामारीको रुप लिएको छ ।

यो रोगबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरे अनुसार एकै दिन ७५ जनाको ज्यान गएको छ । चीनले संक्रमण फैलिन नदिन बजारहरु बन्द गरेको छ, सार्वजनिक यातायातहरु चल्न दिएको छैन ।

चीन बाहिर कोरोना भाइरसको संक्रमणले पहिलोपटक एकजनाको मृत्यु भएको छ । फिलिपिन्समा एक ४४ वर्षीय पुरुषको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीएनएनका अनुसार मृत्यु हुने चीनकै हुवेइ प्रान्तको वुहान शहरका हुन । विश्व स्वास्थ्य संगठनले फिलिपिन्समा आउनु अघि नै उक्त व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन्।

बिबिसीको अनुसार पहिले नै केहि नै केहि रोग गालेको व्यक्तिमा यसको संक्रमण बढि हुने देखिएको छ । ९९ बिरामीमा गरिएको अनुसन्धानमा अस्पताल लगिँदा सबैमा निमोनियाको संक्रमण देखिएको थियो ।

तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो। उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन। ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे।

लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको समीक्षा अनुसार रोग लागेका मध्ये कम्तीमा १० प्रतिशतको मृत्यु हुने गरेको पाईएको छ । कोरोना लागेका अधिकांसमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या, मांसपेशी,टाउको,घाँटी दुख्ने संक्रमण पाईएको थियो ।

कसरी बच्ने यो भाइरसबाट ?

यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः

—नियमित रुपमा हात सफा गर्ने

— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने

— मासु तथा अण्डा राम्ररी पकाएर खाने

— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।

कति गम्भीर छ यो भाइरस ?

कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।

कहाँबाट आयो यो भाइरस ?

यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।

यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here