एलपी ग्यासको मूल्य वृद्धि, पेट्रोल र डिजेलको घट्यो

काठमाडौं, २० माघ । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने एलपीजी ग्यासको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ३७५ रुपैयाँ पुगेको छ। निगमले ग्याँसको भाउ बढाए पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ। सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ । निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/ १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here