धितोपत्र बजार राताम्मै, नेप्से १२ अंकले घट्दा १ अर्ब ५७ करोडको कारोबार

काठमाडौं, २१ माघ । मंगलवार शेयर बजार राताम्मै रह्यो । आज नेप्से परिसूचक १२.०६ अंकले घटेर १ हजार ३ सय ३७.०७ अंकमा झरेको छ । यो संख्या सोमवारको तुलनामा ०.९० प्रतिशत कम हो ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापप सेन्सेटिभ यन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स २.९२ अंकले घटेर २ सय ८४.९९ अंकमा झरेको छ ।

मंगलवार फाइनान्स, विकास बैंक, अन्य र निर्जीवन बिमा बाहेक अरु सबै समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक ३.६५ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युतको १.५७ प्रतिशत, सामुहिक लगानी कोषको १.४१ प्रतिशत, बैकिङ्ग समुहको १.१९ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

मंगलवार कारोबार पनि घट्यो । आज १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर १७ हजार ५ सय ६० पटक किनबेच हुँदा १ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै सर्पोट लघुवित्त वित्तीइ संस्थाका शेयर धनिले कमाए । सर्पोटको शेयर मूल्य ९.९९ प्रतिशत घट्यो । त्यस्तै, दिव्यश्वरी जलविद्युतको ९.६२ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको ८.४७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर धनी छन् । मिथिलाको शेयर मूल्य ५.२३ प्रतिशत घट्यो । त्यस्तै, बहुउदेश्य फाइनान्स कम्पनीको ४.८२ प्रतिशत घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार नेपाल इन्स्योरेन्स कम्पनीले गर्यो । इन्स्योरेन्सले १० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here